वीर गोर्खालीको गाथामा आधारित रहेर चलचित्र बन्ने



[one_half last=”no”]Veer-gurkhali
[dropcap]ने[/dropcap]पालीलाई विभिन्न देशले चिन्दै आएको अर्को चिनारी ‘वीर गोर्खाली’नाममा चलचित्र बन्ने भएको छ । वीर साहसी गोर्खालीकै बिषयबस्तुमा आधारित भएर नेपाली चलचित्र नै निर्माण हुने भएको हो । शनिवार राजधानीमा यो चलचित्रको निर्माण घोषणा गरियो ।

कार्यक्रममा चलचित्रको निर्माण व्यानर कम्पनी ‘हाईट एण्ड डेफ्ट फिल्म कम्पनी’को समेत औपचारिक उद्घाटन गरियो ।कम्पनीको भारतिय सेनाका ब्रिगेडर चन्द्र बि खण्डुरीले उदघाटन गरेका थिए ।[/one_half]

नेपाल भारत मानव विकास एवं मैत्री संघका केन्द्रीय अध्यक्ष तथा गान्धी ग्लोबल फेमिली नेपालका अध्यक्ष सुर्य भुषालसँगै नायक आयुष रिजाल, नायिका गरिमा पन्त, नायिका रुपा राणा लागयतको उपस्थिती रहेको सो कार्यक्रममा नेपाली वीर गोर्खालीहरुको गाथालाई समेटेर चलचित्र बनाउन लागिएको निर्देशकबिमल पौडेलले बताए ।

यो चलचित्रलाई रामहरी श्रेष्ठले निर्माण गर्न लागेका हुन् । चलचित्रको शुभमुहुर्त साईत माघ १२ गतेको लागी राखिएको छ ।

नेपाली वीर गोर्खालीहरुको गाथा र मित्र राष्ट्र भारत बिचको सम्बन्ध पनि चलचित्रले देखाउने भएको छ ।

शिव घिमिरेको कथामा बन्न लागेको यो चलचित्रमा कुल ४ गीतहरु समावेश हुनेछन् ।

यो चलचित्र ‘वीर गोर्खाली’मा हालसम्म आयुष रिजाल, ईन्द्र गुरुङ, नायिका गरिमा पन्त, नायिका रुपा राणालगायतले अभिनय गर्ने पक्का भइसकेको छ । अन्य कलाकार टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu