ज्याकी श्राफको शिरमा नेपाली ढाकाटोपी



नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले बलिउड सुपरस्टार ज्याकी श्राफलाई नेपाली ढाकाटोपी लगाइदिएकी छन् । ज्याकी श्राफ नेपाली ढाकाटोपीमा ठाटिएको तस्विर मनिषाले ट्वीटर र इन्स्टाग्राममा पोस्ट्याएकी छन् । महाराष्ट्रको एक फार्ममा उनीहरुको भेट भएको हो । मनिषाले सामाजिक सञ्जालमा शेयर गरेको तस्विरमा उनको माता-पितालाई पनि देख्न सकिन्छ ।

पाठेघरको क्यान्सरलाई जितेर नयाँ जीवनको सुरुवात गरेकी अभिनेत्री मनिषा कोइरालाले सामाजिक सञ्जालमा अभिनेता ज्याकी र आफ्नो परिवारसहितको तस्विर साझेदार गर्दै क्याप्सनमा ज्याकीसँग एकसाथ समय विताउन पाएकोमा खुसी व्यक्त गरेकी छन् । उनले स्वस्थ जीवन शैलीको नेतृत्व गर्न कला-संस्कृतिका साथै धेरै हाँसोको सराहना गर्नुपर्ने पनि बताएकी छन् ।

ज्याकी र मनिषा निकै मिल्ने साथी हुन् । यी दुईले ‘सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’, ‘ग्रहण’ लगायतका चलचित्रमा सँगै काम गरेका थिए । क्यान्सरबाट मुक्त भएपछि स्वास्थ्यमा निकै ध्यान दिने गरेकी मनिषा पछिल्लो पटक सञ्जय दत्त स्टारर चलचित्र ‘प्रस्थानम’ मा देखिएकी थिइन् । यसमा ज्याकी श्राफको पनि अभिनय थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu