‘एक भिलेन २’ मा आदित्य र जोन ?



बलिउड चलचित्र निर्देशक मोहित सुरीले ‘एक भिलेन’ को सिक्वेल निर्माण गर्ने भएका छन् । उक्त चलचित्रका लागि उनले जोन अब्राहम र आदित्य रोय कपुरलाई प्रस्ताव राखेको बताइएको छ ।

सन् २०१४ मा रिलिज भएको ‘एक भिलेन’ ले बक्सअफिसमा सानदार कमाई गर्न सफल भएको थियो । भने, आज पनि उक्त चलचित्रका गीतहरु उत्तिकै चर्चित रहेका छन् ।

‘एक भिलेन २’ मा मोहित सुरीले यसपटक भने आदित्य र जोनसँग काम गर्न रुचाएका छन् । एक भिलेनमा भने सिद्धार्थ मलोहत्रा र रितेश देशमुख प्रमुख भूमिकामा रहेका थिए ।

रितेश भिलेनको भुमिकामा रहेका थिए । चलचित्रमा अभिनेत्री श्रद्धा कपुरको पनि अभिनय रहेको थियो । ‘एक भिलेन २’ को काम यसै वर्षबाट सुरु हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu