फेरि ‘सिंघम’ बन्दै अजय



बलिउडका चर्चित अभिनेता अजय देवगनको सर्वाधिक सफल चलचित्र ‘सिंघम’ र ‘सिंघम २’ आज पनि उत्तिकै चर्चामा छ । अब भने निर्देशक रोहित सेट्टी र अभिनेता अजय देवगन मिलेर ‘सिंघम ३’ बनाउने भएका छन् ।

अहिले रोहित अभिनेता अक्षय कुमारसँग चलचित्र ‘सुर्यवंशी’ मा काम गरिरहेका छन् । यो चलचित्रको हालै मात्र छायांकन पूरा भएको छ । यो चलचित्रका कारण पनि ‘सिंघम ३’ को काम रोकिएको थियो । अब ‘सिंघम ३’ को बाँकी तयारी सुरु भएको छ ।

यसअघि निर्माण भएका ‘सिंघम’ र ‘सिंघम २’ ले बक्सअफिसमा सानदार कमाई गर्न सफल भएका थिए । अजय देवगनका अनुसार, ‘सिंघम ३’ का लागि सबै कुरा फाइनल भैसकेको छ । चलचित्र छिट्टै निर्माण हुनेमा उनी आशावादी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu