पल, पूजा र आकाशलाई ‘पर्खि बसें २’ अफर



अभिनेत्री पूजा शर्माको जोडी अभिनेता द्वय पल शाह र आकाश श्रेष्ठसँग पर्दामा निकै रुचाइएको छ । यी तीन स्टार्सलाई एउटै चलचित्रमा हेर्न चाहने दर्शकको संख्याको संख्या पनि ठूलो छ । तर, अहिलेसम्म यो संयोग जुरेको थिएन । अब, एक चलचित्रमा उनीहरु एकसाथ देखिने सम्भावना देखिएको छ । ‘पर्खि बसें’ को सिक्वेलमा उनीहरुले एकसाथ काम गर्न सक्ने प्रवल सम्भावना छ ।

सौरभ चौधरीले निर्देशन गर्ने चलचित्रको वान लाइन स्टोरी उनीहरुले सुनिसकेको स्रोत बताउँछ । पूजा र आकाश चलचित्र गर्ने मनस्थितिमा समेत पुगेको बताइएको छ । तर, पल भने दोधारमा देखिएको जानकारी प्राप्त छ । दीपक श्रेष्ठ निर्देशित चलचित्र ‘पर्खि बसें’ मा अभिनेता द्वय राजबल्लभ कोइराला र निखिल उप्रेतीसँगै अभिनेत्री युना उप्रेतीको प्रमुख भूमिका थियो ।

पहिलो श्रृंखलाझैँ यसको सिक्वेलमा पनि दुई नायक र एक नायिका हुनेछन् । नायकमा पल र आकाशलाई प्रस्ताव गरिएको छ भने नायिकामा पूजालाई अफर गरिएको छ । यद्यपि, यस विषयमा निर्माण टिमले भने कुनै जानकारी दिएको छैन । गोपीकृष्ण मुभिजले निर्माण गर्ने यो चलचित्रमा काम गर्न पल, पूजा र आकाश राजी भएको खण्डमा यी तीनलाई एकसाथ पर्दामा हेर्न निकै रोचक हुनेछ ।

चलचित्रको कास्ट एण्ड क्रियू एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको रिलिज २०७७ सालमा हुनेछ । पहिलो सिरिजझैँ दोस्रोमा पनि सांगीतिक प्रेमकथा देखाइने निर्देशक चौधरीले बताएका छन् । चलचित्रको कथा पनि उनकै हो । ‘पर्खि बसें’ २०६४ सालको सुपरहिट चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu