‘तानाजी’ र ‘छपाक’ मा कसको कमाई बढी ?



शुक्रवारबाट प्रदर्शनमा आएका दुई चलचित्र अजय देवगनको ‘तानाजी’ र दीपिका पादुकोणको ‘छपाक’ ले पहिलो दुई दिनमा राम्रो ओपनिङ हासिल गरेको छ । तर, स्क्रिन संख्याका कारण अजय देवगनको चलचित्रले ‘छपाक’ भन्दा तीन गुना बढी कमाई गरेको छ । दीपिकाको चलचित्र ‘छपाक’ ले पहिलो दिन ४ करोड ७७ लाख र दोस्रो चलचित्रले ६ करोड ९० लाख छापेको छ ।

कम बजेको यो चलचित्रलाई राम्रो प्रतिक्रिया मिलेको छ । मेघना गुलजार निर्देशित चलचित्र लामो रेसको घोडा बन्ने अनुमान गरिएको छ । यो चलचित्र एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण भएको हो । यसमा दीपिका मालती नामकी एक साधारण युवतीको भूमिकामा देखिएकी छन्, जोमाथि केही युवकले एसिड अट्याक गर्छन् ।

त्यस्तै, अजयको ‘तानाजी’ ले १५ करोड १० लाखको कमाईसँगै ओपनिङ गरेको थियो । दोस्रो दिन चलचित्रले कमाईमा ठूलो उछाल कायम गर्‍यो । चलचित्रले शनिवार २० करोड ५७ लाखको कमाएको छ । योसँगै चलचित्रको दुई दिने कमाई ३५ करोड ६७ लाख भएको छ । चलचित्रले वीकेन्डमा अझ राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ । चलचित्रमा सैफ अली खान पनि छन् ।

अजय देवगनको चलचित्र ‘तानाजी’ लाई भारतमा ३ हजार ८ सय ८० स्क्रिन मिलेको छ । भने, ओभरसीजमा यो चलचित्र ६ सय ६० स्क्रिनमा रिलिज भएको छ । चलचित्रले संसारभर ४ हजार ५ सय ४० स्क्रिन पाएको छ । त्यस्तै, दीपिका पादुकोणको ‘छपाक’ ले भारतमा १७ सय स्क्रिन पाएको छ । त्यस्तै, ओभरसीजमा यो चलचित्र ४ सय ६० स्क्रिनमा प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu