‘चलचित्र पत्रकार संघ नेपालको दाङ शाखाको अध्यक्षमा शिव



कला, मनोरञ्जन र चलचित्र सम्बन्धि समाचार लेख्दै आएका पत्रकारहरुको छाता संस्था ‘चलचित्र पत्रकार संघ नेपाल’ को दाङ शाखाको चौथो अधिवेशनबाट शिव पुन अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । तीन वर्षका लागि अध्यक्षमा चुनिएका पुन यसअघि चलचित्र पत्रकार संघको दाङ शाखाको कोषाध्यक्ष पदमा थिए । यस्तै, संघको उपाध्यक्षमा सन्तोष केसी निर्विरोध चयन भएका छन् ।

चलचित्र पत्रकार संघको दाङ शाखाको सचिव पदमा पूर्ण केसी सर्वसम्मत चयन हुँदा सह(सचिवमा निरला अर्याल गैरे, कोषाध्यक्षमामा तीर्थराज चौधरी, सदस्यमा भुपेश वली, मिना खड्का, राजेश खत्री र आशिष केसी निर्विरोध चुनिएका छन् । सो अवसरमा ११ हजार १ सय ११ रुपैयाँ राशीको ‘देवलोचन रंगपत्रकारिता पुरस्कार’ बाट सन्तोष केसीलाई पुरस्कृत गरिएको थियो ।

दाङ शाखाका निवर्तमान अध्यक्ष ध्रवराज न्यौपानेको अध्यक्षता र चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष डा। अमर गिरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संघका केन्द्रिय उपाध्यक्ष दिनेश सिटौला विशिष्ठ अतिथिको रुपमा दाङ पुगेका थिए । उनले मोफसलमा रंगपत्रकारिता प्रसंशनीय रहेको बताए । अन्य शाखाको पनि चाँडै अधिवेशन सम्पन्न गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu