‘करन अर्जुन’ को रिमेक बन्ने !



बलिउडका चर्चित चलचित्र निर्माता हुन्, राकेश रोशन । उनले निर्माण गरेका चलचित्रहरु प्राय: हिट रहेका छन् । २५ वर्ष अगाडि उनले निर्माण गरेको चलचित्र हो, ‘करन अर्जुन’ । यो चलचित्रको रिमेक बनाउन उनले तयारी गरिराखेको बताइएको छ ।

‘करन अर्जुन’ को रिमेकका लागि नयाँ स्टार अभिनेताहरुको खोजी भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार, यस चलचित्रका लागि रणवीर कपुर, रणवीर सिंह, ऋतिक रोशन हुन सक्नेछन् ।

२५ वर्ष अगाडि रिलिज भएको ‘करन अर्जुन’ मा शाहरुख खान र सलमान खान रहेका थिए । बक्सअफिसमा रेकर्ड बनाएको यो चलचित्र रिमेकका लागि तयारी भइराखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu