‘लभ डायरिज’ ट्रेलरमा सुशील र रुविनाको प्रेम र विछोड (भिडियो)



आउँदो फागुन २ गतेबाट देशैभर एकसाथ प्रदर्शन हुन लागेको सौरभ चौधरी निर्देशित चलचित्र ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाबीचको नोकझोक, प्रेम, रोमान्स र विछोड देखाइएको छ । ट्रेलरमा अभिनेता सुशीलले बोलेका संवादहरुलाई विशेष स्थान दिइएको छ ।

चलचित्रको ट्रेलर साहिल खानले काटेका हुन् । उनी चलचित्रका सह-निर्देशक समेत हुन् । केही दिनअघि ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीत सार्वजनिक भएको थियो । टिकटक स्टार प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडासँगै अहिलेकी चर्चित बाल गायिका कमला घिमिरे फिचर्ड गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाले निर्माण टिम निकै उत्साहित देखिएको छ ।

प्रेस दिवसमा प्रदर्शन हुने चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । युवा-युवतीबीचको माया-प्रेम र कमेडीलाई चलचित्रमा देख्न सकिने निर्देशक चौधरी बताउँछन् । चलचित्र मनोरञ्जनात्मक मात्र नभएर सन्देशमुलक पनि रहेको उनको भनाई छ । यो चलचित्रमा विनोद सापकोटाको मुख्य लगानी रहेको छ ।

चलचित्रमा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । चलचित्रमा अभिनेता सुशीलले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । उनी चलचित्र राम्रो बनेको बताउँछन् । त्यस्तै, अभिनेत्री रुविनाले चलचित्रलाई लिएर उत्साहित रहेको बताइन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu