‘बागी ३’ ट्रेलरमा टाइगरको दमदार एक्सन (भिडियो)



बलिउडका एक्सन स्टार टाइगर श्राफ र अभिनेत्री श्रद्धा कूपर अभिनीत चलचित्र ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएको छ । ६ मार्चबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । ट्रेलरमा टाइगर ठूला मेशिन र हेलिकप्टर्सका बीच खतरनाक स्टन्ट्स गर्दै देखिएका छन् । ‘बागी’ को यो सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।

३ मिनेट ४१ सेकेण्ड लामो ट्रेलरबाट चलचित्रको मूलकथा प्रस्ट्याउन खोजिएको छ । ट्रेलर अनुसार, टाइगरको भाईको भूमिका अभिनेता रितेश देशमुखले निर्वाहा गरेका छन् । उनलाई सोझो युवकको रुपमा प्रस्तुत गरिएको छ । उनलाई बचाउन टाइगरले सबै हद पार गर्छन् । उनी सिरियासम्म पुग्छन् । टाइगरले आफ्नो सिक्स प्याकसहितको शरीर पनि सोअप गरेका छन् ।

‘बागी ३’ को ट्रेलर हेर्दा तपाईंहरुलाई अभिनेता सलमान खान स्टारर चलचित्र ‘टाइगर जिन्दा हे’ को महशुस हुनसक्छ । टाइगर श्राफको सर्टलेस एक्सन र लोकेशन धेरै हदसम्म ‘टाइगर जिन्दा हे’ सँग मिल्दोजुल्दो छ । अहमद खानले चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रलाई लिएर पहिल्यैदेखि निकै बज बनिरहेको छ । दोस्रो पटक श्रद्धासँग टाइगरको जोडी हेर्न दर्शक आतुर छन् ।

टाइगर, श्रद्धा र रितेशका अलावा चलचित्रमा अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेही, अनु कपूरको पनि अभिनय रहेको छ । यो चलचित्र फागुन २३ मा आउने भएपछि त्यसको असर नेपाली चलचित्रको रिलिज क्यालेन्डमा पर्ने देखिएको छ । यो मितिमा ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउँदैछ । अब, यो चलचित्र सर्ने कतिपयको अनुमान छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu