पहिलो दिन कति छाप्यो ‘मलंग’ ले ?



चलचित्र ‘कलंक’ पछि अभिनेता आदित्य रोय कपुरको नयाँ चलचित्र ‘मलंग’ रिलिज भएको छ । यो चलचित्रका लागि उनले विशेष अभ्यास गरेका थिए । यस चलचित्रमा उनको भिन्न प्रकारको लुक्स रहेको छ । शुक्रबार रिलिज भएको यस चलचित्रले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ ।

‘मलंग’ ले प्रदर्शनको पहिलो दिन ६ करोड ७१ लाख कमाई गर्न सफल भएको छ । पहिलो दिन सुखद कमाई गरेको समिक्षकहरुले बताएका छन् । एक्सन जनराको यस चलचित्रले विस्तारै बक्सअफिसमा कमाइको रफ्तार बढाउने अनुमान गरिएको छ ।

यस चलचित्रले समिक्षकहरुबाट मिश्रित रिम्यु पाएको छ । दर्शकले भने चलचित्र मन पराएका छन् । मोहित सुरीले यसको निर्देशन गरेका हुन् । उनका चलभित्रहरुले बक्स अफिसमा राम्रै कमाई गरेको रेकर्ड रहेको छ ।

यसअघि चलचित्र ‘आशिकी २’ मा निर्देशक मोहित र अभिनेता अदित्यले सहकार्य गरेका थिए । ‘मलंग’ मा आदित्यको साथमा नायिका दिशा पटानीको मुख्य भूमिका छ । चलचित्रमा अनिल कपूरको पनि प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu