प्रदिपको निर्देशन र अभिनयमा ‘पायौं या गुमायौं’ (भिडियो)



मेलिना राईको स्वरमा ‘पायौं या गुमायौं’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा मोडलत्रय प्रदिप बाँस्तोला, उषा रुम्बा र बिमला हुमागाईं फिर्चड छन् । यो म्युजिक भिडियोको सोच र निर्देशन प्रदिप बास्तोलाकै हो ।

नेपाली चलचित्रका अभिनेता समेत रहेका बास्तोलाले भिडियोमा प्रेममा हुने खुसी र धोकालाई प्रस्तुत गर्न खोजेका छन् । यसकारण गीतको बोल नै पायौं या गुमायौं राखिएको मोडल तथा निर्देशक बास्तोला बताउँछन् ।

बिमला हुमागाईंको शब्द रहेको गीतमा रामचन्द्र अन्जानले संगीत भरेका छन् । मिलन शंकरले खिचेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई दर्शक तथा श्रोताले मन पराउने निर्माण समुहको विश्वास छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu