पूजा सुपरम्यान बनेर सरर…



नेपाली फिल्मकी चर्चित अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले पर्यटकको आकर्षक गन्तव्य काभ्रेपलाञ्चोकको धुलिखेल पुगेर साहसिक खेल ‘जिप लाइन’ को मज्जा लिएका छन् । उनीहरुले त्यहाँ पुगेर गएको २ वर्ष अगाडि बञ्जीजम्प गरेका थिए । यसै हप्ता यो जोडीले अरु तीन जना साथीसँग धुलिखेल पुगेर दुई जनाले सँगै खेल्न मिल्ने ‘टेन्डम जिप लाइन’ खेल खेलेर आनन्द लिए ।

‘जिप लाइन’ खेलेपछि आकाशले क्लासिक र पूजाले सुपरम्यान ‘जिप लाइन’ पनि खेलेको सञ्चालकद्वय केदार थापा र भुपेश श्रेष्ठले जानकारी दिएका छन् । ‘जिप लाइन’ खेलिपछि पूजा र आकाशले धुलिखेल जिपलाइन रिसोर्टमा रहेको एडभेन्चर पार्कमा भिसेप ब्रीज, स्ल्याक लाइन, प्लेइङ ब्रीज, टायर ब्रीज, ब्रह्म ब्रीजलगायतको पनि मज्जा लिएका थिए ।

धुलिखेलको थाक्लेडाँडादेखि सुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त्य हुन्छ । थाक्लेडाँडादेखि खावासम्म सञ्चालन हुने जिप लाइनको दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट सुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । यो स्टेशनले धुलिखेल र पाँचखाललाई जोडेको छ।

खेलमा सहभागी हुने पर्यटकका लागि पाँच लाखको दुर्घटना बीमा गरिएको छ । यहाँबाट दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताए । वल्र्ड वाईड एडभेन्चर प्रालिले पर्यटन बर्ष २०२० लाई लक्षित गरी ५ करोडभन्दा बढीको लागतमा साहसिक खेल ‘जिपलाइन’ को शुरुवात गरेको हो । जिपलाइनमा अमेरिकन र क्यानेडियन प्रविधिको गुणस्तरीय सामग्री प्रयोग गरेकोले कुनै जोखिम नरहने सञ्चालक श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu