रंगशालामा खिचियो ‘सेन्टी भाइरस’ को ‘पार्टी जिताइदे’ गीत



आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको प्रख्यात हास्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत ‘पार्टी जिताइदे’ चितवनमा निर्माणाधिन ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला’ मा खिचिएको छ । चलचित्रको कथाको मागअनुसार गीतको छायांकन गरिएको निर्माण टिमले बताएको छ ।

गीतमा चलचित्रका प्रमुख कलाकारहरु कुञ्जना घिमिरे, सन्दीप क्षेत्री, विल्सन विक्रम राईलगायतलाई देख्न सकिनेछ । गीतको भिडियोमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीका नेता तथा कार्यकर्ताबीचको झै-झगडालाई देखाइएको छ । यो गीतले चलचित्रको मूल मर्म बोल्ने अभिनेत्री कुञ्जना घिमिरेले बताइन् । ‘सेन्टी भाइरस’ राजनीतिले परिवारमा ल्याउने द्वन्द्वमा आधारित छ ।

कलाकारिता हुँदै २०७२ सालमा आएको महाभूकम्पपछि सामाजिक कार्यमा सक्रिय ‘धुर्मुस सुन्तली’ को अभिनय रहेका कारण यो चलचित्रको दर्शकमाझ व्यग्र प्रतिक्षा भैरहेको छ । ‘मेरी बाँस्सै’ हास्यटेलिश्रृंखलामा एकसाथ अभिनय गरे पनि यो जोडीले चलचित्रमा भने सँगै काम गरेको थिएन । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका कारण ‘सेन्टी भाइरस’ प्रति अपेक्षा पनि उच्च छ ।

चलचित्रमा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu