‘लक्का जवान’ गीत ‘मुसुक्कै हाँसन माया’ सार्वजनिक (भिडियो)



हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी प्रधान चलचित्र ‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मन त मेरो लक्का जवान’ गीतपछि बुधबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरेको हो । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा जुना रिजाल काफ्ले र बाबुल स्वयंको गायन छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड छन् । गीतको अडियो र भिडियो दुवै बलियो छ । यो गीतले चलचित्रको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । गीतको भिडियोमा दीलिपसँग प्रियंका र सलोनसँग वर्षाको केमेस्ट्री सुहाएको देखिन्छ ।

चैत २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।

‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको चलचित्रले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । चलचित्रमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । चलचित्रको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu