जेठमा आउने भयो पूजा र आकाशको ‘सम्झना बिर्सना’



निमेष प्रधानको निर्देशनमा निर्माण भएको लभस्टोरी जनरामा निर्मित चलचित्र ‘सम्झना बिर्सना’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसर पारेर शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको लभ केमेस्ट्री देखाइएको छ । पोस्टरमा पूजा घोडामा सवार छिन् । भने, आकाशले घोडालाई डोर्‍याइरहेका छन् ।

फर्स्टलुक पोस्टरसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । ‘सम्झना बिर्सना’ आउँदो वर्ष २०७७ को जेठ २ गतेबाट प्रदर्शनमा आउने भएको छ । दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । चलचित्रको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंको हो ।

सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रलाई शिव ढकालले खिचेका हुन् । चलचित्रको सम्पादन गर्ने जिम्मेवारी तारा थापा ‘किम्भे’ को काँधमा छ । त्यस्तै, चलचित्रमा कमल राईको कोरियोग्राफी र शिशिर राणाको संवाद छ । निर्देशक निमेषले युवा पुस्तालाई लक्षित गरेर चलचित्र बनाएको बताए । यो उनको डेब्यू निर्देशित चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu