प्रदर्शनमा आयो सुशील र रुविनाको ‘लभ डायरीज’



प्रणय दिवसको अवसर पारेर शुक्रवारबाट सौरभ चौधरी निर्देशित लभस्टोरी जनरामा निर्मित चलचित्र ‘लभ डायरीज’ देशव्यापी प्रदर्शनमा आएको छ । गएकोे शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता विराज भट्ट अभिनीत चलचित्र ‘साङ्लो’ ले पुनः हलसम्म दर्शक आउने माहोल सृजना गरेका कारण यसको प्रभाव ‘लभ डायरीज’ को व्यापारमा पर्नसक्ने आँकलन गरिएको छ ।

यो चलचित्रमा सुशील श्रेष्ठ, विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रबाट अभिनेत्रीको रुपमा रुविना थापाले डेब्यू गरेकी छन् । बुधवार राजधानीमा भएको प्रिमियरमा चलचित्रकर्मीले उनको अभिनयको प्रशंसा गरेका थिए ।

नायक सुशील श्रेष्ठले चलचित्रमा आफूले विदेशमा बसेर खाली मोजमस्तिमा तल्लिन हुने केटाको भूमिका निर्वाहा गरेका छन् । चलचित्रको कथा तथा पटकथा मधु बास्तोलाको छ । संजय लामाको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन रहेको छ बने संगीत अर्जुन पोखरेलको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu