हरिवंशले गरे कान्तिपुर फिल्म एकेडेमीको इटहरी शाखाको उद्घाटन



कान्तिपुर फिल्म एकेडेमी इटहरी शाखाको बिहीवार उद्घाटन गरिएको छ । बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमीका अध्यक्ष छविराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका सवभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सञ्चालक , साहित्यकार एवम् सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

चलचित्र अध्ययन गर्न चाहनेहरुको लागी कान्तिपुर फिल्म एकेडेमीले पहिलो शाखा इटहरीमा सञ्चालन गरिएको कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले मोफसलमा चलचित्र अध्ययनको पहुँच पुर्‍याउन कान्तिपुर फिल्म एकेडेमीले गरेको यो प्रयासको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

साहित्यकार एवम् प्राध्यापक मनु मन्जिल, प्रदेश नं १ ट्राफिक प्रहरी प्रमुख भीमबहादुर दाहाल, स्थानीय प्रशासनको तर्फबाट वडा अध्यक्ष दीपक गौतमसाथै कार्यक्रममा उपस्थित पूर्वका ख्यातिप्राप्त व्यक्तित्वले कान्तिपुर फिल्म एकेडेमी इटहरीको प्रगतीको लागी शुभकामना प्रदान गरेका थिए ।

पहिलो चरणमा कातिपुर फिल्म एकेडेमी इटहरीले चलचित्र मेकिङ, भिडियो इडिटिङ र फोटोग्राफिको १ महिने कक्षा यही फागुन ४ गतेबाट सञ्चालन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu