चैत १४ मा ‘पूर्वेली म्यूजिक अवार्ड’ हुँदै



पूर्वेली मिडिया नेटवर्कले ‘रमपम पूर्वेली म्युजिक अवार्ड २०२०’ चैत्र १४ गते शुक्रवार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना गर्ने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको आयोजकले सोमवार इटहरी पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

२२ वटा विधामा अवार्ड प्रदान गरिने अवार्ड कार्यक्रमा पूर्व क्षेत्रमा कार्यरत रंग पत्रकार तथा पूर्वेली गीत संगीतमा योगदान गर्ने एक सर्जकलाइ लाइफटाइम अचिवमेन्ट अवार्ड समेत प्रदान गरिने बताएको छ । अवार्डमा मुल्यांकनका आधारमा जुरी टिमले टप ५ छनोट गर्ने र उत्कृष्ट टप ५ मनोनयनमा परेका गीतहरु भेटिङका माध्यमबाट सर्वोकृष्ट गीत छनोट गरिनेछ ।

‘पूर्वेली म्यूजिक अवार्ड’ को कार्यक्रममा १५ देखि २० लाखको बिचमा खर्च हुने अनुमान आयोजकले गरेको छ । अवार्डमा बेस्ट न्यू आर्टिस्ट, सङ अफ द इयर, बेस्ट मेल भोकल पर्फमेन्स, बेस्ट फिमेल भोकल पर्फमेन्स, बेस्ट भोकल कोलाब्रेसन, बेस्ट कम्पोजिसन, बेस्ट अरेन्जमेन्ट, बेस्ट लिरिक्स, बेस्ट लिम्बु सङ्का विधामा अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै, बेस्ट तामाङ सङ, बेस्ट शेर्पा सङ्, बेस्ट मगर सङ्, बेस्ट राइ सङ, बेस्ट गुरूङ सङ, बेस्ट थारू सङ, बेस्ट मैथली सङ, बेस्ट राजबंशी सङ, बेस्ट भिडियो, बेस्ट भिडियोग्राफी, बेस्ट भिडियो इडिटर, बेस्ट मोडल (मेल), बेस्ट मोडल (फिमेल) समेतलाई पुर्वेली म्यूजिक अवार्डमा समेटिने आयोजकको भनाइ छ । ‘पूर्वेली म्यूजिक अवार्ड’ को पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, प्रेस युनियन सुनसरी अध्यक्ष धनबहादुर पुरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu