गायक प्रकाश कटुवालमाथी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा



लोक गायक प्रकाश कटुवाललाई तनहुँबाट प्रहरीले पक्राउ गरेको छ । बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आक्रमण गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताईएको छ ।

परिवारसहित गएका गायक कटुवालले होटल व्यवसायी लालकाजी गुरुङलाई रड प्रहार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले कटुवालमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

डुम्रेमा के भएको थियो ?
सपरिवार पोखरा जाँदै गर्दा डुम्रेको लालकाजी गुरुङ होटेल अगाडि गाडी पार्किङ्ग गरेर झरे लगत्तै उनकी श्रीमतीले होटेल अगाडि वान्ता गरेकी थिइन् । सोहि कारण त्यहाँ विवाद सुरु भएको थियो । विवादपछि कटुवालले लालकाजीलाई धम्की दिदै पोखरातर्फ लागेका थिए । त्यहि दिन साँझ केही युवाहरुले गुरुङमाथि रड प्रहार गर्दै आक्रमण गरी गम्भीर घाईते बनाएका थिए ।

गुरुङ्गको पोखरामा उपचार हुन नसकेपछि हाल काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu