बसन्तको ‘कहिले दायाँ कहिले बायाँ’मा पल र नग्मा (भिडियो)



अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका गीतकार तथा गायक बसन्त थापा मगरको नयाँ गीत ‘कहिले दायाँ कहिले बायाँ’ को भिडियो सार्वजनिक भएको छ ।

गायक थापाकै शब्द र लय रहेको उक्त गीतमा गायिका अन्जु पन्तले बसन्तलाई स्वरमा साथ दिएकी छन् । गीतमा अशोक लोहारुंग राईको म्यूजिक एरेन्ज छ । भिडियोमा पल शाह, नग्मा श्रेष्ठ र शोभित बस्नेत फिचर्ड छन् । भिडियोमा पललाई दोहोरो भूमिकामा देख्न सकिन्छ ।

समन अधिकारी निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, प्रमोद भण्डारीको कोरियोग्राफी, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ ।

यसअघि मगरले ‘आमाले बोकेको भारी’ नामक गीत दर्शकमाझ ल्याएका थिए ।

‘कहिले दायाँ कहिले बायाँ’ गीतको भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu