‘प्रेमगीत ३’ को शिर्ष गीत रिलिज, सुहायो प्रदीप र क्रिस्टिनाको केमेस्ट्री ? (भिडियो)



निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको चलचित्रको शिर्ष गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । गीतमा चलचित्रका चल/अचल दृश्यहरु समावेश छन् । गीतले चलचित्रका दुई प्रमुख पात्र प्रेम र गीतको मनोभाव र प्रेमभाव बोल्छ ।

चलचित्रमा अभिनेता प्रदीप खड्का ‘प्रेम’ र नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ को भूमिकामा छन् । गीतमा उनीहरुको अंकुराउँदै गरेको प्रेमलाई देखाइएको छ । गीतमा बाल कलाकार अनुभव रेग्मी र सम्वृद्धि शाही ठकुरीलाई पनि देख्न सकिन्छ । चलचित्रमा अनुभव प्रदीपको बाल्यकाल (प्रेम) को भूमिकामा देखिँदैछन् । भने, सम्वृद्धि क्रिस्टिनाको बाल्यकाल (गीत) को भूमिकामा छिन् ।

चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीप, क्रिस्टिना, अनुभव र सम्वृद्धिका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘प्रेमगीत ३’ को यसअघि सार्वजनिक भएको ‘हात्ती ढुंगामा’ अहिले चर्चामा छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu