जेय अथर र आइजेनको ‘मैच्यांग’मा प्रियंका (भिडियो)



काठमाण्डौ। गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ । हालै काठमाण्डौको नाईट क्लब फरेनहाईटमा उक्त गीत सार्वजनिक गरिएको थियो । उक्त गीत यूट्यूबाट समेत सार्वजनिक गरिएको छ ।

‘मैच्यांग’ शिर्षकको गीतमा जेय र आइजेनको साथमा नायिका प्रियंका कार्की फिचर्ड छिन् । गीतको भिडियोलाई सुयोग गुरुंगले निर्देशन, सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् । सुयोगले यसअघि चलचित्र ‘सानो मन’ निर्देशन गरेका थिए भने उनले केहि टिभि कमर्सियल पनि बनाएका छन् ।

केहि पुराना गीतहरुलाई समेत फ्यूजन गरिएको यो गीत सार्वजनिक भएसँगै चर्चा पाईरहेको छ । गीतलाई जेय र आइजनले संयुक्त लेखेका हुन् । यसअघि उनिहरुको गीत ‘टाइम छैन’ चर्चित बनेको थियो, जसलाई हाल सम्म यूट्यूबमा मात्र करिव ९३ लाखले हेरेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu