रणवीरसँग बिहे हुने हल्ला चल्दा रमाइलो लाग्छ : आलिया



बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुरको जोडीबारे पछिल्लो समय निकै चर्चा भइरहेको छ । आलिया र रणवीरलाई छिट्टै नै चलचित्र ‘ब्रम्हास्त्र’ मा देखिन पाइनेछ । तर, चलचिमा मात्रै होइन, अन्य अवसरमा पनि दुबैजना सँगै देखिँदै आएका छन् ।

दुबै जनाको विहे हुन लागेको हल्ला पनि बेलाबेला हुने गर्छ ।यसैबीच, आलिया र रणवीरले यही वर्ष डिसेम्बरममा बिहे गर्न लागेको हल्ला चलेको छ । पछिल्लो पटक चलेको हल्लाबारे आलियाले पुनः मुख खोलेकी छन् । उनले आफ्नो र रणवीरको बिहे हुने भनेर हल्ला चल्दा रमाइलो लाग्ने बताइन् ।

जुम टिभीलाई दिएको एक अन्तर्वार्तामा आलियाले बेलाबेला हल्ला चल्दा आफूलाई रमाइलो लाग्न बताइन् । अन्तर्वार्तामा आलियाले भनिन्, ‘मलाई अहिले के हल्ला चलेको छ भनेर थाहा छैन । ३ ३ हप्तामा बिहेको कुनै न कुनै हल्ला चल्छ । यस्तो हल्ला चल्दा मलाई निकै रमाइलो लाग्छ । आजभोली यही हल्ला सुन्दा नै सबैभन्दा रमाइलो लाग्छ ।’

यता आलियाका बाबु महेश भट्टले पनि रणवीर र आफ्नी छोरीको विहे हुने हल्लाबारे बेलाबेला मुख खोल्ने गर्छन् । ‘हो, दुबैजना प्रेममा छन् । मलाई रणवीर निकै मन पर्छ । उनी एक असल मान्छे हुन् । उनले आफ्नो सम्बन्धबारे के गर्नुपर्छ भनेर आफैं थाहा पाउनुपर्छ । के उनी बिहेतर्फ लम्किरहेका छन् ? यसबारे एक्काइसौं शताब्दीको दोस्रो दशकमा कुराकानी गर्नु पर्ने देखिन्छ’, महेश भट्टले हालै भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu