नेपालमा छायांकन भएको ‘सन्दिप और पिंकी फरार’ को ट्रेलर रिलिज (भिडियो)



अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणीति चोपडा अभिनीत चलचित्र ‘सन्दिप और पिंकी फरार’ को ट्रेलर सार्वजनिक भएको छ । मेकर्सले फिल्मको ट्रेलरलाई निकै सस्पेन्स बनाउने कोशिश गरेका छन् । दिबाकर बनर्जी निर्देशित यो चलचित्र २० मार्चमा प्रदर्शनमा आउँदैछ । यो चलचित्रको नेपालमा समेत छायांकन भएको छ । ट्रेलरमा पनि नेपालको केही दृश्य देख्न सकिन्छ ।

यो चलचित्रको २५ प्रतिशत सिन नेपाल–भारत सीमानामा पर्ने बैतडीको झुलाघाट नाकामा खिचिएको हो । चलचित्रको छायांकनका लागि अर्जुन र परिणीति केही दिन नेपालमा बसेका थिए । ट्रेलरको २ मिनेट २७ सेकेण्डमा अर्जुन कपूरले एक पसलमा ‘नेपाली थाली पाइन्छ’ भनेर सोधेका छन् । यसअघि उनको ‘इन्डियाज मोस्ट वान्टेड’ नामक चलचित्र पनि नेपालमा खिचिएको थियो ।

सस्पेन्स ट्रेलरले दर्शकमा चलचित्रप्रति उत्सुकता बढाउने देखिन्छ । नेपाली भूमिमा छायांकन भएका कारण यो चलचित्र नेपाली दर्शकमाझ पनि प्रतिक्षीत बन्ने देखिएको छ । चलचित्रमा परिणीति र अर्जुनका अलावा जयदीप अहलावत र नीना गुप्ताको पनि प्रमुख भूमिका छ । यशराज ब्यानरले संसारभर प्रदर्शन गर्ने चलचित्रमा अर्जुन पिंकी दहिया र परिणीति संदीप कौरको भूमिकामा छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu