अभिनासको ‘माथिल्लो लेकमा’ रसियन कलाकारको अभिनय (भिडियो)



गायक अभिनास घिसिङले नयाँ म्युजिक भिडियो लिएर आएका छन् । अभिनासले ‘माथिल्लो लेकमा’ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । यो गीतमा अभिनासलाई स्वरमा सुबानी मोक्तान र अराज केशवले साथ दिएका छन् ।

गायक अभिनासकै शब्द सृजना र संगीत रहेको सो गीतमा अराज केशवको र्‍याप भर्जनको शब्द सृजना र संगीत रहेको छ । उक्त माथिल्लो लेकमा म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका छन् भने कोरियोग्राफी राजीव समिरको छ । भिडियोमा अभिानसले रसियन कलाकारको पनि अभिनय गराएका छन् ।

सुप्रिम पराजुलीको सम्पादन रहेको सो म्युजिक प्रोडुसर मोहित मुनाल हुन् । जसमा म्युजिक कन्सेप्ट डिजे तेन्जिङको रहेको छ । भिडियामा मेकिङ क्वालिटी उच्च देखिएको छ भने भिडियोलाई आकर्षक बनाउन निकै मेहेनत गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu