‘प्रेमपिण्ड’ अभिनेत्रीको ‘खुल्ला आकाश’ सार्वजनिक (भिडियो)



‘प्रेमपिण्ड’ फेम्ड अभिनेत्री सनी रौनियारले नयाँ गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरेकी छन् । आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा सनी आफै फिचर्ड छिन् । गीतले महिलाको पक्षमा बोल्छ ।

वाउ म्यागेजिन, जोन्टा क्लब, कौशल अधिकारी र विकाश रौनियारले खिचेका फोटोले गीतको भिडियोलाई सुन्दर बनाएको छ । झन्डै २४ वर्ष पछाडी आफ्नै आवाजमा गीत लिएर आएकी सनी भन्छिन, ‘समाजमा अझै पनि व्याप्त पुरुषप्रधान मानसिकता बीच महिलाको दृष्टिकोण र विचारहरु बाहिर ल्याउने पर्ने आवश्यकता महसुस गरेँ । यस गीत मार्फत महिलाको भित्री भावना उजागर गर्ने सक्दो प्रयास गरेकी छु ।’

सनीले अगाडी थपिन ‘मेरो गीत मेरो मनको नजिक छ, किनकि यसले महिला सशक्तिकरण र सामाजिक समानताको संदेश दिन्छ । यो गीत नेपाली समाजका सबै महिलालाई समर्पित गर्छु, जसले आफु भित्र अथाह सम्भावना छन् र आफ्नो सिमा खुल्ला आकाश हो भन्ने विश्वास राख्छन ।’

सनीले २४ वर्ष अगाडी ‘सनी’ नामक गीती एल्बम दर्शकलाई पस्किएकी थिइन् । वरिष्ठ संगीतकार राजु सिंहले संगीत भरेको गीतमा विजय शिवाकोटीको शब्द रचना छ । भुषण दाहालले निर्देशन गरेको भिडियोमा जीवन रिजालको छायांकन र भरत रेग्मीको सम्पादन छ । ‘प्रेमपिण्ड’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी प्रभावशाली सनीले ‘सडक’, ‘सीता’, र ‘देव सन्जोग’ जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu