रेविकाका लागि नरेशले हटाइदिए ‘बाटोको काँडा’ (भिडियो)



चर्चित सञ्चारकर्मी नरेश भट्ट अभिनीत ‘बाटोको काँडा’ बोलेको गीतको भिडियो सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा नरेशको अपोजिटमा अभिनेत्री रेविका गुरुङ देखिएकी छन् ।

तारा प्रकाश लिम्बुको शब्द तथा संगीत रहेको गीतमा सहास शाक्यको एरेन्ज रहेको छ । राजकुमार केसीले छायांकन गरेको म्युजिक भिडियोलाई धुव्रराज पराजुलीले सम्पादन गरेका छन् । यो गीत चाम्स इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।

गीतले प्रेम वियोग बोल्छ । गाउँ घुम्न गएको बेला नरेशको भेट रेविकासँग हुन्छ र उनीहरु एकअर्कासँग नजिक हुन्छन् । तर, एक सुवारी दुर्घटनामा रेविकाको मृत्यु भएपछि नरेश विक्षिप्त हुन्छन् । उनै, निरेशको प्रेम पीडालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu