बलीउड गायिका कनिका कपूरलाई कोरोना पोजेटिभ



बलीउड गायिका कनिका कपूरलाई कोरोना पोजेटिभ पाईएको छ । उनि ९ मार्चमा लण्डनबाट भारत फर्केकी थिइन् । त्यसपछि उनि चार स्थानमा आयोजित पार्टीमा सहभागी भएकी थिइन् ।

उनि पुगेको पार्टीमा भारतका बिशिष्ट व्यक्तिहरु समेत पुगेका थिए । उनले ति व्यक्तिहरुसँग तस्वीर पनि खिचेकी छन् । १३ मार्चमा लखनउको ताज होटलमा भएको सेलेब्रिटी इन्टेरियर डिजाइनर आदिल अहमदको बर्थडे पार्टीमा कनिका पुगेकी थिइन् । सो पार्टीमा उनी राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा छोरा दुष्यन्त सिंह र बुहारी निहारिकाको साथमा थिइन् ।

कनिका कपूर र वसुंधरा राजे आदिलको बर्थडे पार्टी को अलावा एक अर्को पार्टीमा समेत पुगेका थिए । कनिका १३ र १४ मार्चमा कानपुरमा मामा विपुल टण्डनको घरमा बसेकी थिइन् । कनिका अन्य केहि पार्टीमा समेत पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu