अर्पणको ‘लिम्बो’ गर्दै आना



चलचित्र ‘जेरी’ बाट डेब्यू गरेकी अभिनेत्री आना शर्मा चलचित्र ‘लिम्बो’ मा अनुबन्ध भएकी छन् । कलाकारबाट निर्देशन बनेका अर्पण थापाले निर्देशन गर्ने यो चलचित्रमा उनको प्रमुख भूमिका रहनेछ । अर्पणले छायांकनरत फिल्म ‘तीन जन्तु’ को छायांकन भ्याएपछि ‘लिम्बो’ लाई समय दिनेछन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको यो चलचित्रलाई लिएर अभिनेत्री आना निकै उत्साहित छिन् ।

‘जेरी’ पछि अभिनेत्री आना शर्माले अहिलेसम्म हिटको सुख प्राप्त गर्न सकेकी छैनन् । ‘ग्यांगस्टार ब्लूज’ उनको दोस्रो चलचित्र थियो । प्रदर्शन अगाडि चलचित्रको बज राम्रो थियो । तर, चलचित्रले बक्सअफिसमा भने सुखद व्यापार गर्न सकेन । अर्थात्, चलचित्र फ्लप भयो । डेब्यू चलचित्रबाट लोभलाग्दो चर्चा कमाएकी उनलाई दोस्रो चलचित्रको असफलताले नराम्रोसँग हच्कायो ।

यो चलचित्र रिलिजको झण्डै एक वर्ष उनी कामविहीन भइन् । ‘जेरी’ पछि उनलाई लिएर चलचित्र बनाउने सोच बनाएका मेकर पनि तर्किए । बल्लतल्ल उनको हातमा एक वर्षपछि ‘द म्यान फ्रम काठमाण्डू’ नामक चलचित्र पर्‍यो । यसमा उनी लिड रोलमा थिइन् । नेपाली र विदेशी कलाकारको अभिनय भएकाले चलचित्रलाई पहिलो नेपाली हलिउड चलचित्रको रुपमा प्रचार गरिएको थियो ।

तर, यो चलचित्रले पनि हलमा घुँडा टेक्यो । लगातार दुई चलचित्र असफल भएपछि अभिनेत्री शर्माको चलचित्र करिअर संकटमा परेको छ । गिनेचुनेका ब्यानरको उनीमाथि आँखा पर्न सकेको छैन । आउँदो बैशाखमा ‘द म्यान फ्रम काठमाण्डू’ प्रदर्शनमा आएको वर्ष दिन पूरा हुँदैछ । यो चलचित्रपछि लामो समय कामविहीन भएकी उनले अब ‘लिम्बो’ चलचित्रमा काम गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu