लण्डनमा हुने भनिएको थर्ड आई टिमको अवार्ड स्थगित



थर्ड आई टिमले लण्डनमा आयोजना गर्न लागेको मनोरञ्जन, खेल, पत्रकारिता, साहित्य र लाइफटाइम अचिभमेन्ट विधाको अवार्ड हाललाई स्थगन भएको छ । मे २४, २०२० मा हुने भनिएको अवार्ड विश्वभर महामारी बनेको कोरोना भाईरस (कोभिड-१९)का कारण अनिश्चित समयका लागि स्थगित भएको हो ।

अवार्डमा सहभागी हुन नेपालबाट केही कलाकारहरु लण्डन पुग्ने तयारीमा थिए । यो अवार्डले नेपाल सरकारको पर्यटन प्रवद्र्धन अभियान ‘भिजिट नेपाल २०२०’ लाई पनि सघाउने आयोजक टिमको विश्वास थियो तर कोभिड-१९ का कारण नै भिजिट नेपाल कार्यक्रम पनि नेपाल सरकारले स्थगित गरिसकेको छ ।

यसअघि १०औँ ‘बक्सअफिस अवार्ड २०१७’ सफलतापूर्वक सम्पन्न गरेको थर्ड आई टिमले लण्डनमा फिल्म प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । अवस्था सामान्य बनेपछि पुन: अवार्ड गरिने थर्ड आईका विकास देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu