ऋतिकको घरमा बस्न आईन पूर्वपत्नी सुजैन, कारण बन्यो ‘लकडाउन’



ऋतिक रोशन र सुजैन खानको सम्बन्ध बिच्छेद भएको धेरै समय भयो तर यि दुईको मित्रता कहिल्यै अन्त्य भएन । ऋतिक र सुजैन दुवैले एक अर्काको लागि सँधै अडान लिइरहेका छन् । उनिहरु प्राय: आफ्ना बच्चाहरूको लागि सँगै देखिन्छन् । यस पटक पनि बच्चाको लागि फेरि एक साथ आएका छन् । ऋतिक रोशन र सुजैन खान २१ दिनको लकडाउनमा सँगै हुनेछन् ।

Hrithik Roshan & Sussanne Khan

ऋतिकले पूर्वपत्नी सुजैनको प्रशंसा गर्दै उनको फोटो सहित सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट शेयर गरेका छन् । यस पोष्टमा सुजैन आफ्ना बच्चाहरूको लागि केहि समयको लागि घर फर्किएको बताएका छन् । यो कठिन समयमा आफ्ना बच्चाहरुलाई आफ्ना आमा बाबुबाट टाढा नहुन भनेर सुजैन घर आएको उनले बताएका छन् ।

उनले लेखेका छन्, ‘अनिश्चितता, धेरै महिनाका लागि सामाजिक दूरी र लकडाउनको रूपमा संसारलाई एकसाथ भेला भएको देख्नु साँच्चिकै मनछुने समय हो । जब विश्वले मानवता सँगै आउने कुरा गरिरहेको छ, मलाई लाग्छ यो त्यस्तो विचार हो जुन आमाबाबुको लागि आफ्ना बच्चाहरूको संरक्षणको लागि हिरासत साझेदारी गर्नु हो’ ।

पूर्वपत्नीलाई धन्यवाद दिँदै उनले अगाडी लेखेका छन्, ‘धन्यवाद सुजैन यति सहयोगी र समझदारी भएकोमा । हाम्रा बच्चाहरूले कथा बनाउनेछन् जुन हामी उनीहरूका लागि बनाउनेछौं । म आशा गर्दछु र प्रार्थना गर्दछु कि हामी आँफै र आफ्ना प्रियजनहरूको स्वास्थ्यलाई जोगाउन, हामी सबैले खुला हृदयले प्रेम, सहानुभूति, साहस, बल व्यक्त गर्ने बाटो भेट्टाउनेछौं’ ।

श्रोत: आजतक

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu