लकडाउनको बेला पनि नाटक महोत्सव हुने, घरमै बसेर हेर्न सकिने



काठमाण्डौ। संसारभर फैलिएको कोरोनाभाईरस ‘कोभिड–१९’को महामारीबाट सबैभन्दा बढि मनोरंजन क्षेत्र आक्रान्त छ । मनोरंजन भित्र पनि रंगमंच क्षेत्र झनै प्रभावित छ किनकी प्रत्यक्ष बसेर नाटक हेर्न कलाकार र दर्शक एकसाथ हुनैपर्छ । जसोतसो दर्शकले सामाजिक दुरी कायम गरेता पनि कलाकारलाई भने सम्भव रहँदैन । त्यसमा पनि अहिले लकडाउनको अवस्था श्रृजना भएपछि त यो क्षेत्र बन्द नै छ ।

यसैबीच पनि ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । यो कुरा अचम्म लाग्यो होला कि कसरी सम्भव छ । रंगकर्मीको ईच्छाशक्तिले सम्भव हुने भएको छ । थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्दैछन् । चैत्र १४ गतेदेखी आयोजना हुने महोत्सव घरबाटै हेर्न पाईनेछ । महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’भनिएको छ ।

Photo: Theatre Mall

भर्चुअल रुपमा घरबाटै नाटक हेर्न थालिएको सम्भवत पहिलोपटक हो । नाटक हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ । घरमै बसेर नाटक हेर्न सकिनेछ । हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल फेसबुक पेज (https://www.facebook.com/TheatreMall) बाट नाटक देखाइने बताइएको छ ।

पहिलो दिन केदार श्रेष्ठले लेखन तथा निर्देशन गरेको नाटक ‘मान भर्सेस मती’ प्रशारण हुनेछ भने अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको बताइएको छ ।

Perfomance Director Prasun Sindhuliya & Festival Poster

यस महोत्सवका निर्देशक केदार श्रेष्ठ हुन् भने संयोजक सञ्जिता पराजुली तथा प्रस्तुति संयोजक प्रशुन सिन्धुलीय हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu