कोरोना संक्रमितको उपचारका लागि प्रभासको ४ करोड सहयोग



‘बाहुबली’ फेम्ड अभिनेता प्रभासले कोरोना संक्रमितको उपचारका लागि ठूलो रकम सहयोग गरेका छन् । उनले प्रधानमन्त्री र मुख्यमन्त्री राहत कोषमा भारतीय ४ करोड (नेपाली ६ करोड ४ लाख) सहयोग गर्ने घोषणा गरेका छन् ।

अभिनेता प्रभासले २६ मार्चमा यो घोषणा गरेका हुन् । उनले ३ करोड प्रधानमन्त्री राहत कोष र बाँकी १ करोडमध्ये ५०–५० लाख आन्ध्र प्रदेश र तेलंगाना राज्यका मुख्यमन्त्री राहत कोषमा दिने घोषणा गरेका हुन् ।

उनी जर्जियाबाट फर्किएपश्चात् सेल्फ आइसोलेसनमा बसेर सरकारको लकडाउन निर्णयलाई साथ दिइरहेका छन् । अभिनेता प्रभासका साथै अभिनेता पवन कल्याणले पनि २ करोड (नेपाली रुपैयाँ ३ करोड २ लाख) सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu