युट्युब ट्रेन्डिङमा एकसाथ सौगातका दुई चलचित्र



कोरोना भाइरसको महामारीबाट देशलाई जोगाउन सरकारले ‘लकडाउन’ गरेपछि अहिले इन्टरनेटको सुविधा हुनेका लागि युट्युब दिन काट्ने साथी बनेको छ । नेपाली चलचित्र भनेपछि सधैं नाक खुम्च्याउने दर्शकहरुले पनि अहिले युट्युबमा भेटिएका नयाँ तथा पुराना कुनै नेपाली चलचित्र हेर्न छाडेका छैनन् । प्रायः नेपालको युट्युब ट्रेन्डिङ साउथ चलचित्र वा भाइरल कन्टेन्टले कब्जा गर्ने गर्दथे ।

तर, यसपटक केही दिन ट्रेन्डिङको शिर्ष स्थानमा रहेको साउथ चलचित्र ‘दिलजला आशिकी’ लाई तेस्रो नम्बरमा झारेर पहिलो नम्बरमा नेपाली चलचित्र ‘पोइ पर्‍यो काले’ र दोस्रो नम्बरमा ‘पञ्चेबाजा’ उक्लिएका छन् । रोचक कुरा चाहिँ यी दुवै चलचित्रमा अभिनेता सौगात मल्लको अभिनय छ । ‘पोइ पर्‍यो काले’ मा काले केटाको भूमिकामा रहेका उनी ‘पञ्चेबाजा’ मा रंगकर्मी बनेका छन् ।

एकै दिन युट्युबमा रिलिज भएका सौगातका यी दुई चलचित्रमध्ये भ्यूजमा भने ‘पोइ पर्‍यो काले’ लाखौंले अगाडि छ । यो चलचित्रलाई यो समाचार तयार पार्दासम्म ४१ लाखले हेरिसकेका छन् भने ९१ हजार लाइक्स र सात हजारभन्दा बढी कमेन्ट प्राप्त छन् । त्यस्तै, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा विराजमान ‘पञ्चेबाजा’ लाई यो समाचार तयार पार्दासम्म १६ लाख पुगनपुग भ्यूज मिलेको छ ।

सम्भवतः सौगात अभिनीत दुई चलचित्र एकसाथ ट्रेन्डिङमा उक्लिएको यो पहिलो पटक हो । दुवै चलचित्रको कमेन्ट बक्समा उनको अभिनयको दर्शकले प्रशंसा गरेका छन् । शिशिर राणा निर्देशित चलचित्र ‘पोइ पर्‍यो काले’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको पनि अभिनय छ भने धनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ मा कर्मा, जश्मिन श्रेष्ठ, बुद्धि तामाङलगायतको अभिनय छ ।

‘पोइ पर्‍यो काले’ :-

‘पञ्चेबाजा’ :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu