विपन्न चलचित्र प्राविधिकलाई सहयोग गर्न संघको अपिल



कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ घोषणा गरेपछि चलचित्रमा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई आर्थिक संकट परेको छ । रोजीरोटी गुमेका कारण उनीहरुको परिवारलाई बिहान बेलुका छाक टार्न समेत समस्या हुन थालेपछि प्राविधिकहरुको हकहितका लागि गठित संस्था चलचित्र प्राविधिक संघले सहयोग जुटाउन थालेको छ ।

‘लकडाउन’ का कारण चलचित्रका प्राविधिकलाई हात मुख जोर्नै समस्या भएपछि प्राविधिक संघले अति विपन्न करिब सय जना प्राविधिकका परिवारलाई आर्थिक वा दैनिक आवश्यक खाद्य सामग्री किनेर सहयोग गर्न चलचित्रकर्मीलाई अपिल गरेको छ । संघका अध्यक्ष पुष्कर लामाले अभावले हातमुख जोड्न गाह्रो भएका प्राविधिकहरुको लागि राहत पुर्‍याउने काम संघले चाँडै गर्ने बताए ।

दैनिक चलचित्रमा ज्यालादारी गर्ने भान्सा, लाइट, स्पट, केयरटेकरसहित विभिन्न प्राविधिकहरुले चामल किन्ने पैसा नभएको भन्दै फोन गर्न थालेपछि उनीहरुको नाम संकलन गरिएको र दुई दिनमा करिब सय जनाले फोन गरेर दैनिक आवश्यक खाद्यान्न सहयोग माग गरेको अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार, संघमा आबद्ध १३ सय समस्यमध्ये ३ सयको आर्थिक अवस्था दयनिय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu