सलमानसँग काम गर्न ऐश्वर्याका यी सर्त



बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता सलमान खानको प्रेम प्रशंग बलिउडमा निकै चर्चामा रहने गरेको छ । ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् भने सलमान लुलियासँग डेटमा छन् । कुनै समय यी दुई प्रेम सम्बन्धमा थिए । ‘हम दिल दे चुके सनम’ मा उनीहरुले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका थिए । यसपछि उनीहरुले सँगै काम गरेका छैनन् ।

ऐश्वर्याले केही समय अगाडि एक म्यागजिनमा दिएको अन्तर्वार्तामा सलमानसँग अभिनय गर्न कुनै अफ्ठ्यारो नरहेको बताएकी थिइन‍् । ऐश्वर्याले भनिन्, ‘यदी मलाई यस्तो अफर आएमा म विचार गर्नेछु, मलाई सलमानसँग अभिनय गर्न कुनै अफ्ठ्यारो छैन ।’ तर, यसका लागि उनले एउटा सर्त राखेकी छन् । उनले चलचित्रको स्क्रिप्ट र निर्देशक सही भए मात्र सलमानसँग काम गर्नेछिन् ।

ऐश्वर्याको सो अभिव्यक्ति प्रति सलमानले कुनै प्रतिकृया दिएका छैनन् । सालमान र ऐश्वर्या रायको सम्बन्ध सुरु सन् १९९७ मा भएको थियो । त्यतिबेला सलमान बलिउडका सुपरस्टार बनिसकेका थिए । ऐश्वर्या भने बलिउडमा आफ्नो करिअर बनाउन संघर्ष गरिरहेकी थिइन् । त्यतिबेला सलमान खान पाकिस्तानकी सोमी अलीसँग प्रेम सम्बन्धमा थिए ।

ऐश्वर्याले विश्व सुन्दरीको अवार्ड जितेपछि सलमानलाई उनी निकै मन परेको थियो । जसको कारण उनले सोमीलाई ब्रेकअप दिएका थिए । उनले ऐश्वर्यालाई चलचित्र दिलाउन पनि धेरै सहयोग गरेका थिए । संजय लीला भंसालीले सलमानको आग्रहमा ‘हम दिल दे चुके सनम’ मा ऐश्वर्यालाई अभिनयको अवसर दिएका थिए । यो चलचित्रको सुटिङको क्रममा उनीहरुबीच प्रेम सम्बन्ध स्थापित भएको थियो ।

त्यसपछि ऐश्वर्या सलमानलाई भेट्न उनको घर जान थालेकी थिइन् । ऐश्वर्या रायका माता–पितालाई भने सलमान खानसँग उनले भेट्ने गरेको कुरा मन परेको थिएन । एक किताबमा उल्लेख गरिएअनुसार ऐश्वर्याले सलमानसँगको सम्बन्ध छाड्न परिवारले गरेको आग्रह मानेकी थिइनन् र उनी आफ्नो माता–पिताको घर छाडेर मुम्बईको एक अपार्टमेन्टमा बस्न थालेकी थिइन् ।

उनीहरुको प्रेमसम्बन्धमा दरार आउनुमा एकपटक सलमान खान आधा रातमा ऐश्वर्याको घर गएर ढोकामा हान्न थालेका थिए । त्यतिबेला उनको हातबाट रगत पनि आएको थियो । तर, ऐश्वर्याले भने बिहान ६ बजे मात्र ढोका खोलेकी थिइन् । त्यसपछि उनीहरुबीच धेरै विवाद तथा झगडा भए । ऐश्वर्याले गाली गरेको र मारपिट गरेकोजस्ता धेरै आरोप सलमानलाई लगाइन् र उनीहरुको लभस्टोरीको दुःखद् अन्त्य भयो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu