‘बाहुबली’ निर्देशकले गरे अजयको तारिफ



बलिउडका चर्चित अभिनेता अजय देवगनबारे ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजमौलीले तारिफ गरेका छन् । अजयलाई लिएर राजमौलीले आरआरआर चलचित्रमा काम गरिरहेका छन् । नौ वर्ष अगाडि राजमौलीले ‘मख्खी’ चलचित्रका लागि काजोल र अजयको सहयोग लिएका थिए । उनीहरुले ‘इगा’ (मख्खी) चलचित्रको हिन्दी भर्जनका लागि आवाज दिएका थिए ।

उक्त चलचित्रपछि राजमौली र अजयको मित्रता गाँसिएको थियो । अजयलाई लिएर राजमौली चलचित्र निर्माण गर्न चाहन्थे । लामो समयपछि भने त्यो मौका जुटेको छ । ‘आरआरआर’ चलचित्रका लागि उनले अजयलाई प्रस्ताव राखे । अजयले पनि निकै सम्मानपूर्वक काम गर्ने वचन दिए । ‘बाहुबली’ पछि दक्षिण भारतीय चलचित्रमा मात्र नभई पुरै भारतीय सिने उद्योगमा राजमौलीको आफ्नै स्टारडम छ ।

अजयको कामप्रतिको सम्मान र उनले गर्ने व्यवहारका कारण आफू निकै प्रभावित भएको राजमोलीले बताएका छन् । ‘आरआरआर’ चलचित्रका लागि पनि अजय नै आवश्यक पात्र भएका कारण उनलाई अफर गरेको उनको भनाई छ । ‘आरआरआर’ मा काम गर्नका लागि अजयले एक रुपैयाँ पनि पारिश्रमिक बुझेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu