अभिताभले बाँड्न थाले खानाको प्याकेट



भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । यो महासंकटमा बलिउड अभिनेताहरुले आफूहरुले गर्न सक्ने सहयोग गरिरहेका छन् । बलिउड अभिनेता अमिताभ बच्चनले पनि प्याकेटमा खाना बाँड्न सुरु गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार उनले दुई हजार प्याकेट खाना वितरण गर्न सुरु गरेका छन् । त्यस्तै, आवश्यक पर्ने अन्य सामान पनि दिन उनले तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अत्यावश्यक सामान वितरणका लागि उनले ३ हजार झोला तयार पारेका छन् । उनले दरगाह, माहिम दरगाह, बाबुलनाथ मन्दिर, बान्द्राको स्लम एरियामा खाना वितरण गरि गरिबहरुलाई सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu