कोरोनाविरुद्ध लड्न अजितको १ करोड २५ लाख सहयोग



दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता थाला अजितले कोरोना भाइरसविरुद्ध लड्न १ करोड २५ लाख भारु सहयोग गरेका छन् । उनले प्रधानमन्त्री कोषमा ५० लाख सहयोग गरेका छन् भने तामिल नाडु मुख्यमन्त्री कोषमा ५० लाख सहयोग गरेका हुन् ।

त्यस्तै, उनले चलचित्रमा काम गरिरहेका कामदाहरुका लागि २५ लाख सहयोग गरेका छन् । पछिल्लो समय दक्षिण भारतीय चलचित्रका कलाकारहरुले दिल खोलेर सहयोग गर्दै आइरहेका छन् ।

पवन कल्याण, प्रभास, रजनीकान्त, रामचरण, नयनतारा, धनुष लगायत धेरै साउथ चलचित्रका कलाकारहरुले कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu