यि दश चलचित्रले इरफानलाई बनाएका थिए ‘चलचित्रको महारथी’



चलचित्र जगतले आज एक यस्ता स्टारलाई गुमाएको छ जसको क्षति बलीउडमा मात्र होइन हलीउडमा पनि भएको छ । बुधवार क्यान्सरको कारण प्राण त्याग गरेका इरफान अन्तिम पटक ठुलोपर्दामा ‘अंग्रेजी मीडियम’ चलचित्रमा देखिए, जुन चलचित्र यहि मार्चमा रिलीज भएको थियो ।

नेपाली चलचित्रमा अभिनय नगरेको भएका पनि नेपालमा इरफानका बलीउडमा जत्तिकै फ्यान रहेका छन् । चलचित्रको ३२ बर्षे यात्राबीच सन् २०१० मा उनि नेपालमा समेत आएका थिए । आरोहण गुरुकुलले आयोजना गरेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन उनि एक हप्ताको लागी नेपाल आएका थिए । नेपाली नाट्यकर्मी सुनिल पोखरेलका साथी रहेका खान पोखरेलकै आग्रहमा काठमाण्डौ आएका थिए । जाने बेला उनले आफु फेरी आउने बताएका थिए तर अब उनले हामी सबैबाट बिदा लिइसकेका छन् । उनि हामीमाझ नरहेपनि उनका चलचित्रहरु भने हामीबाट कहिल्यै टाढा हुनेछैनन् ।

इरफानले चलचित्र ‘पान सिंह तोमर’बाट भारतको राष्ट्रीय पुरस्कार पाएका थिए । अभिनय कलाको महारथी भनिने इरफान खानका यि दश चलचित्रहरु सँधै यादगार रहिरहनेछन् ।

मकबूल (२००३)
विशाल भारद्वाजको निर्देशनमा बनेको यस चलचित्रमा इरफानले मकबूलको मुख्य भूमिका निभाएका छन् । चलचित्रको कथामा मकबूल एक अण्डरवर्ल्ड डन अब्बा जी (पंकज कपूर) का भरोसालायक मानिस हुन्छ । उ अब्बा जीको घरमा काम गर्ने निम्मी (तब्बू)को प्रेममा पर्छ । निम्मीले मकबूललाई अब्बा जीको विरुद्द भड्काउँछे र मकबूलले अब्बा जीको हत्या गर्छ । इरफान भूमिकामा अकस्मात बदलाव र चलचित्रको गतिबाट यो चलचित्र अद्वितीय लाग्छ ।

पान सिंह तोमर (२०१२)
भारतीय राष्ट्रीय खेलमा स्वर्ण पदक जीतेको पान सिंह तोमर चम्बलको चर्चित डाँकू कसरी बन्न पुग्छ ? यो चलचित्रले उसको शुरुदेखी अन्त्यसम्मको यथार्थ बयान गर्छ । तिग्मांशु धूलियाले पान सिंह तोमरको भूमिकामा इरफानलाई पेश गरेका छन् । मध्य प्रदेशको भाषामा जब इरफान बोल्छन्, यस्तो लाग्छ की इरफान त्यही परिवेशमा हुर्केका हुन् । यो चलचित्रबाट इरफानले राष्ट्रीय पुरस्कार समेत जितेका थिए ।

लाइफ अफ पाई (२०१२)
इरफानले जति पहिचान भारतिय चलचित्रमा कमाए त्यो भन्दा बढि इज्जत उनले हलीउड चलचित्रमा पाएका छन् । ताईवानका निर्देशक आंग लीको निर्देशनमा बनेको यस चलचित्रमा इरफान एक लेखकलाई आफ्नो जीवनी सुनाईरहेको देखिन्छन् । इरफानले आफ्नो कहानी बचपनबाट शुरु गर्छन् र किशोरावस्थाका घटना वर्णन गर्छन्, जसमा उनले एक नाउमा लामो समय एक बाघको साथ बिताएका हुन्छन् । आफु भोकै रहेर भोको बाघसँग नाउमा रहनु पर्दाको स्थिती चलचित्रमा देखाईएको छ ।

साहेब बीवी और गैंगस्टर रिटर्न्स (२०१३)
तिग्मांशु धूलियाका राम्रा चलचित्र मध्येमा एक यस चलचित्रलाई अन्तर्राष्ट्रीय स्तरमा सराहना मिलेको थियो । इरफानले यस चलचित्रमा सुल्तान इंद्रजीत सिंहको भूमिका निभाएका छन् । चलचित्रमा सुल्तान आफुले गुमाएको विरासतलाई फिर्ता पाउन कोशिस गरिरहेको हुन्छ, जुन आदित्य प्रताप (जिमी शेरगिल)का पुर्खाले बर्बाद गरेका थिए । यो चलचित्रमा घृणा, प्रेम, धोका, कामवासना आदिको समिश्रण पाईन्छ ।

लंच बक्स (२०१३)
लंच बक्स अथवा दिउसो खाने खानाको डब्बा । एक डब्बालाई बदलेर माया खोज्ने कथा सुन्दा अचम्म लाग्न सक्छ, तर यहि कथा हेर्दै जाँदा तपाईँ भावनामा डुब्दै जानुहुनेछ । इरफानका चलचित्रले कमाई कम गर्छन्, तारिफ बढि पाउँछन् । जबसम्म ‘हिन्दी मीडियम’ रिलीज भएको थिएन, तबसम्म यहि चलचित्र इरफानको सबैभन्दा बढि कमाउने चलचित्र थियो ।

तलवार (२०१५)
भारतको राजधानी दिल्लीबाट नोएडामा रहेका आरुषि तलवार र उनका नोकर हेमराजको हत्याको चर्चा अहिले पनि हुन्छ । ‘राजी’ र ‘छपाक’ जस्ता चुनौतीपूर्ण मुद्दामा चलचित्र बनाएकी निर्देशक मेघना गुलजारले यस केसलाई पर्दामा उतारेकी छन् । इरफानलाई यस चलचित्रमा यस केसको छानबीन गर्ने सीबीआई अफिसर अश्विन कुमारको भूमिकामा पाईन्छ ।

मदारी (२०१६)
निशिकांत कामतको निर्देशनमा बनेको यस चलचित्रको मदारी हुन् इरफान खान । उनले भारतीय सेना र सीबीआईलाई आफ्नो डमरूको धुनमा यसरी नचाउछन् की उनको सानो सन्देश भारतभर फैलिन्छ । एक पुल भत्किँदा निर्मल कुमार (इरफान खान)का छोरा अपूको ज्यान जान्छ । त्यसपछि सिस्टमलाई सबक सिकाउनको लागी उसले गृहमन्त्रीको छोराको अपहरण गर्छ ।

हिन्दी मीडियम (२०१७)
व्यापारिक रुपमा इरफानको अहिलेसम्मकै सफल चलचित्र यहि हो । साकेत चौधरीको निर्देशनमा बनेको यो चलचित्र कमेडीसँगै सन्देशमुलक छ । एक पैसावाला मानिस पैसाकै भरमा थुप्रै गरिबको हक छिनिरहेको हुन्छ । यस चलचित्रका हरेक दृश्य आफ्नै लाग्छन् ।

करीब करीब सिंगल (२०१७)
तनुजा चंद्राको निर्देशनमा बेनको यस चलचित्रको प्रेम कहानीले कुनै पनि लभस्टोरी चलचित्रलाई जितेको भान हुन्छ ।

कारवां (२०१८)
दुई लाशको बदल्ने कथाबाट शुरु हुने यो चलचित्रको कथाले कतिबेला नयाँ नाता जोड्छ थाहै हुँदैन । शौकतको भूमिकामा एक ड्राइभर बनेर इरफानले मनोरंजन तथा ज्ञान दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu