महामारीमा खुशी खोज्दै आयो सोभितको गीत (भिडियो)



पन्ध्र वर्षको उमेरमा नै गीत रेकर्ड गरी गायन क्षेत्रमा उदाएका सोभित बस्यालको एघारौँ गीत ‘खुशी फर्काइदेउ’को भिडियो रिलीज भएको छ । व्यावसायका कारण नौ बर्ष अघि ब्रेक लागेको आफ्नो सांगीतिक जीवन लकडाउनबाट फेरी शुरु गर्दै सोभितले यो गीत ल्याएका हुन् ।

‘कोरोना महामारीबाट विश्व आक्रान्त भएको बेला सकारात्मक भावना दर्शक श्रोतालाई सञ्चार गर्न यो गीत तयार गरेँ, यसमा रचना, संगीत र स्वर मैले नै दिएको छु’ बस्यालले बताए । उनलाई गायनमा प्राप्ती तुलाचनले साथ दिएकी छन् । गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

पोखराका सञ्चार तथा कलाकारिता क्षेत्रमा आवद्ध झण्डै २५ जनालाई भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन पनि सोभित आँफैले गरेका छन् भने सुरज श्रेष्ठले छायांकन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu