लघु चलचित्रमा श्रमीकको पीडा



श्रमीक दिवसको छेको पारेर श्रमीकको पीडा बोकेको लघु चलचित्र ‘मे वन सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा परेका श्रमीकहरुको बिषयमा सन्देशमुलक चलचित्र बनाईएको बताइएको छ ।

चलचित्रमा दीपज्योति थापा, अनित जंग पाण्डे, बिराज दुलाल र भोला सुवेदीको अभिनय रहेको छ । निर्देशक पुरुषोत्तम बस्नेतले काम गरेबापत पारिश्रमिक नपाएको पीडा देखाउन खोजिएको बताए । उनले हरेक क्षेत्रमा श्रमशोषण हुने गरेको भन्दै सांकेतिक रुपमा एउटा पात्रलाई र कथालाई लिएर ‘मे वन’ निर्माण गरिएको खुलाए ।

अनिल कुमार महर्जनको सम्पादन रहेको चलचित्रको कास्टिङ डाइरेक्टर बसन्त अधिकारी हुन् । कपिल खड्का र भोला सुवेदीको छायांकन तथा नेसन मिडिया ग्रुप प्रालिको निर्माण रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu