गाईहरुको बीच सुहानाले मनाईन जन्मदिन



काठमाण्डौ। उदाउँदी नायिका सुहाना थापाले शुक्रवार आफ्नो २२औँ जन्मदिन मनाएकी छिन् । कोरोना त्रासको बीच उनले हिन्दुहरूको पुज्य पशु गाईलाई खाना खुवाएर मनाएकी हुन् ।

काठमाण्डौको बुढनिलकण्ठमा रहेको राधाकृष्ण मन्दिर परिसरमा रहेको इस्कन नेपालमा रहेका ७५ वटा गाईलाई सुहानाले केरा तथा अन्य खानेकुरा खुवाएकी थिईन् । त्यहाँ रहेका ७५ वटै गाईहरु मन्दिरमा पुजा गरिएका हुन् । ‘मन्दिरमा पुजा गरी मन्दिरकै माताहरुले बनाउनु भएको केक काटेर सुहानाको जन्मदिन मनाइयो’, सुहानाकी आमा निर्देशक तथा अभिनेत्री झरना थापाले बताइन् ।

सुहाना आफ्नो पहिलो चलचित्र ‘ए मेरो हजुर ३’ बाट नै चर्चित बनेकी हुन् । उनले यहि एउटा मात्र चलचित्रमा अभिनय गरेको भएता पनि उनि दर्शकमाझ परिचित छन् । उनले आफ्नो पहिलो चलचित्रमा नै युवास्टार अनमोल केसीसँग मुख्य भुमिकाका रुपमा अभिनय गरिन् ।

उनको पारिवारिक पृष्ठभूमि चलचित्र क्षेत्रसँग नजिक रहेकै कारण पनि उनलाई नेपाली चलचित्रमा आउन महत्त्वपूर्ण भूमिका रहेको हो । उनकी आमा झरना थापा चर्चित नायिका तथा निर्देशक हुन् भने उनका पिता सुनिल कुमार थापा चलचित्र निर्माता हुन् ।

सुहानाको पहिलो चलचित्र आफ्नै ब्यानर सुहाना इन्टरटेन्टमेन्टबाट बनेको हो भने निर्देशक आमा झरना थापा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu