अमेरिकन आइडलको उत्कृष्ट सातमा दिवेश



आर्थर गनको नामले चर्चित नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा प्रवेश गरेका छन् । पछिल्लो प्रस्तुतीमा सामुयल इ राइटको ‘किस द गर्ल’बोलको गीत गाएका थिए । यो गीत गाएपछि उनले निर्णायकहरुको तारिफ बटुले ।

कोरोनाभाईरसको कारण सबै प्रतिस्पर्धीले आ आफ्नो घरबाट नै प्रस्तुती दिइरहेका छन् । पछिल्लो प्रस्तुतिपछि भएको भोटिङका आधारमा उत्कृष्ट सात बाट पाँच जना फाइनलमा पुग्नेछन् । फाइनल १७ मे मा हुनेछ ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश परिवारसहित सन् २०१४ देखि अमेरिकाको कान्समा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu