इरफानमा समर्पित नेपाली गीत रिलीज (भिडियो)



काठमाण्डौ। केहि दिन पहिले बलीउड अभिनेता इरफान खानको निधन भयो । दर्शकलाई अभिनयले जितेका उनले क्यान्सरलाई भने जित्न सकेनन् । जम्मा जम्मी आधा शताब्दी धर्तीमा रहेका उनले अमर चलचित्र कृतिहरु छोडेर गएका छन् । यसैबीच इरफानलाई समर्पण गरेर एक नेपाली गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार अंकित बाबु अधिकारीले उक्त गीतको लिरिकल भिडियो युट्यूब मार्फत सार्वजनिक गरेका छन् ।

‘ए चरी’ बोलको गीतमा संगीत तथा स्वर अंकितको रहेको छ भने शब्द अन्वेश राई थुलुंगको रहेको छ । गायक अधिकारीलाई इरफानका पात्रहरु एकदमै सरल तर गहन लाग्छन् । ‘वास्तविक जीवनको जति सुकै जटिल परिस्थितीमा समेत सरल रुपमा जीवन व्यतित गरेका कलाकार थिए । क्यान्सर रोग लागिसके पछि पनि उनले खेलेको “इङ्ग्लिश मिडियम” फिल्म यसैको उदाहरण हो जस्तो लाग्छ’ अंकितले बताए ।

‘इरफान खान मेरो एकदमै मन पर्ने कलाकार हुन् । उनको मृत्युको खबर सुनेपछि उनका पुराना फिल्म दोहोर्‍याएर हेरेँ । अनि कसैले यति छोंटो समयमा दुनियाँलाई यति धेरै अनि गहिरो छाप छोडेर जान सक्दो रहेछ भन्ने कुराले मन एकदम आनन्दित भयो । गीतमा उनैको जीवन कति सार्थक थियो भन्ने कुरा भन्न मन लागेर यो गीत बन्यो’, अधिकारीले भने, ‘उनले भारतीय नाटक, बलीउड हुँदै हलीउडसम्म तय गरेको यात्रा एउटा चरीको उडान जस्तै लाग्यो । मिहिनेत त लगनशीलताले जो कोहि पनि इरफान जस्तै उडान भर्न सक्छ भन्ने भाव गीतले बोकेको जस्तो लाग्छ’ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Bharatmani Regmi

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu