नायिकाहरुको फेक अश्लील भिडियो सार्वजनिक भएपछि प्रहरीमा उजुरी



काठमाण्डौ। केहि नेपाली नायिकाहरुको फेक अश्लील भिडियो सार्वजनिक भएपछि कारबाहीको लागी प्रहरीमा उजुरी परेको छ । पीडित एक नायिकाले सोमबार नै महानगरिय अपराध महाशाखा टेकुमा उजरी दिएकी थिइन् भने नेपाल चलचित्र कलाकार संघले मंगलबार संस्थागत उजुरी दिएको छ ।

‘इण्डीयन स्पाइडर स्क्वाड’को नाममा आएको सुचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेख भारतको भएको बताउँदै अश्लील भिडियोमा नेपाली नायिकाहरुको अनुहार राखेर भिडियो बनाइ सार्वजनिक भएको थियो । सुचनामा १२ जना नायिकाहरुको मोबाइल ह्याक गरी भिडियो सार्वजनिक गरेको तयारी गरेको बताइएको छ । केहि नायिकाहरुको भने सार्वजनिक गरिसकेको छ ।

महानगरिय अपराध महाशाखाका प्रमूख एसएसपी दिपक थापाले कारबाही प्रक्रिया अगाडी बढाउने बताए । ‘आज नै भिडियो अपलोड भएका साइटहरु बन्द गर्ने प्रक्रियामा जान्छौँ । कसले कसरी यस्तो काम गरिरहेको छ यथाशिघ्र पत्ता लगाउने कोशिसमा हामी रहेका छौँ’ थापाले बताए ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सीमा विवादको नाममा नेपाली चेलीको चरित्रहत्या स्विकार्य नभएको बताए । प्रहरीले छिटो भन्दा छिटो दोषी पहिचान गरी कारबाही गर्ने बिश्वास लिएको उनले बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu