चलचित्रका खलनायक बने दुखीका सेवक



कोरोनाभाइरस संकटको बीच बलीउड अभिनेता सोनू सूदले लगातार प्रवासी मजदुरहरुको मद्दतमा जुटेका छन । चलचित्रहरुमा खलनायकको रुपमा देखिने उनको यो कामलाई लिएर सोशल मिडियामा उनको तारिफ भइरहेको छ ।

भारतमा भएको लकडाउनको कारण नेपाली सहितका लाखौँ प्रवासीहरुले समस्या झेलिरहेको समयमा सोनुले उनिहरुको मद्दत गरिरहेको बताइएको छ । भारतिय मिडियाका अनुसार उनले सडकमा लामो दुरीमा हिडेर गन्तव्यमा पुग्न खोजेका मजदुरहरुलाई बस मार्फत पुर्याएका छन् । एनडिटिभिसँगको कुराकानीमा सोनुले भनेका छन्, ‘जो मजदुरहरुलाई हामीले सडकमा छोड्यौँ, उनिहरु ति हुन् जसले हाम्रो घर बनाए । जसले हाम्रो सडक बनाए, हाम्रो अफिस बनाए, हामी शूटिंग गर्छौँ उनिहरुले स्थान बनाए । आज हामीले उनिहरुलाई सडकमा छोड्यौँ । हामीले उनिहरुका सन्तान, उनिहरुका मातापिताको साथ छोड्यौँ । हामीले यस्तो अवस्थामा छोड्यौँ की जब यि बच्चाहरु ठुला हुनेछन् तब उनिहरुको दिमागमा आज पैदल हिँडेको हजारौँ किलोमिटर याद रहनेछ । कोहि हजारौँ किलोमिटर हिँडेर घर पुगे भने कोहि घर पुग्न समेत पाएनन् । मलाई यि मजदुरहरुलाई यसरी छोड्न हुँदैन भन्ने लाग्यो । हामीले नै केहि गर्नुपर्छ भन्ने लाग्यो’ ।

सोनुले अगाडी थपे, ‘हामीले धेरै मानिसहरुलाई सडकमा नै खाना खुवाइरहेका थियौँ । त्यहि समयमा पैदल कर्नाटक जाँदै गरेको एक परिवार फेला पार्यौँ । उक्त परिवारमा साना साना बच्चाहरु समेत थिए । अनि मैले अनुमती लिएर उनिहरुलाई घरमा छोड्ने निर्णय गरेँ र महाराष्ट्र र कर्नाटक सरकारसँग अनुमती लिएँ’ ।

सोनुले पहिलो पटकमा ३०२ जनालाई एकसाथ घर पठाएका थिए । सोनुले भारतका विभिन्न राज्यका सरकारसँग अनुमती लिएर भारतका कुना कुनासम्म मजदुरहरुलाई पु्र्याएका छन् । जसमा केहि प्रवासीहरु समेत छन् । नेपालको सीमा सम्म पनि उनले मजदुरहरुलाई छोडेका छन् । ‘मलाई लाग्छ की हामीले प्रवासी मजदुरलाई भुल्यौँ । २० प्रवासीको निधनको खबर सुनेर निकै दु:ख लागेको छ । भारत सरकारले प्रवासी मजदुरको लागी सिस्टम सजिलो बनाएर घर पठाउनु पर्छ । यतिबेला कुनै फारम भरेर पालो पर्खनुभन्दा हिँडेर जानु ठिक मान्छन्’, सोनुले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu