१५ सय कलाकारलाई अक्षयले गरे आर्थिक सहयोग



बलिउड अभिनेता अक्षय कुमारले चलचित्र तथा टिभी आर्टिस्ट एसोसिएशनमा ४५ लाख रुपैयाँको आर्थिक मद्दत गरेका छन् । उनले एसोसिएशनलाई उक्त आर्थिक मद्दत जुनियर कलाकारहरुलाई सहयोग गर्नका लागि दिएका हुन् । यससँगै उनले पीपीई किट्स र मास्क पनि बाँडेका छन् ।

सिने क्षेत्रका संघर्षरत कलाकारहरुले जुझिरहेको समस्याबारे एसोसिएशनका सदस्य अयूब खानले अभिनेता जावेद जाफरीसँग बताएका थिए । जावेफा जाफरीले उक्त समस्या फिल्म निर्माता साजिद नाडियाडवालालाई बताए । पछि साजिदबाट त्यो खबर अक्षय कुमारसम्म पुग्यो र उनले सहयोगका लागि मानिसहरुको सूची मागे ।

एसोसिएशनले अक्षयलाई १५०० जनाको नामसूची पठाएपछि उनले १५०० जनाको लागि ४५ लाख रकम दिए र सबैको बैंक खातामा तीन/तीन हजार रुपैयाँ रकम ट्रान्सफर भएको थियो ।

साजिद र अक्षय कुमारले त्यस किसिमका समस्या अरु देखा परे पुनः सहयोगका लागि अघि सर्ने प्रतिबद्धता जनाएका छन् । अक्षय कुमारले कोरोना भाइरस संक्रमणको समयमा मानिसहरुको सहयोग गर्दै आइरहेका छन् । केही समय अघि पनि उनले प्रधानमन्त्री नरेन्द्र मोदीको केयर्स फण्डमा २५ करोड रुपैयाँ जम्मा गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu