कोरोना संक्रमित बलीउड संगीतकार वाजिद खानको निधन



बलीउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । उनि मृगौलाको रोगबाट पीडित थिए । ४२ वर्षीय खानको स्वास्थ्यमा खराबी आएपछि मुम्बईको चेम्बुरमा रहेको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको केहि महिना पहिले मृगौला ट्रान्सप्लान्ट गरिएको थियो । उनलाई केहि दिन पहिले कोरोना संक्रमण पाइएको थियो ।

आइतवार साँझ उनको स्वास्थ्यमा गडबड भएपछि अस्पताल लगिएको थियो । मृगौलाको कारण उनको इम्युनिटी लेभल एकदम कम भएको थियो । सोहि कारण कोरोनालाई उनले जित्न सकेनन् ।

उनको निधनले बलीउड शोकमा डुबेको छ । चलचित्र उद्योगमा साजिद-वाजिदको जोडीको रूपमा चर्चित वाजिद खानको निधनपछि सहकर्मी तथा समर्थकहरुले दु:ख व्यक्त गरेका छन् ।

वाजिदमा बच्चादेखिका साथी रणवीर सुरेले आफू निकै नै दुःखी भएको बताएका छन् । उनले लेखेका छन्, ‘वाजिदले कोभिड–१९ का अगाडि घुँडा टेके ।’

साजिद खान र वाजिद खानको जोडीले बलीउड दबंग सलमान खानको लागी धेरै संगीत दिएका छन् । जसमध्ये दबंगको चर्चित गीत पनि हो ।

साजिद-वाजिदले सन् १९९८ मा सलमान अभिनीत फिल्म ‘प्यार किया तो डरना क्या’बाट आफ्नो करियर शुरुआत गरेका थिए । त्यसपछि यो जोडीले एकप पछि अर्को हिट फिल्ममा संगीत दिए ।

चोरी चोरी, हेलो ब्रदर, मुझसे शादी करोगी, पार्टनर, वान्टेड, दबंग (१,२ र ३) लगायतका फिल्महरु उनिहरुका चर्चित रहे । साजिद-वाजिदको जोडीले हालै रिलीज भएको सलमानको गीत ‘भाई-भाई’को कम्पोज गरेका थिए । गायकको रुपमा पनि वाजिद सन् २००८ को फिल्म पार्टनरमा देखा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu